काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीब्र गतिका कारण हुने दुर्घटना न्युनिकरण गर्न बढि दुर्घटना जोखिम न्यूनिकरणका लागि काठमाडौँका सडकमा रातमा टल्किने ट्राफिक कोनले बनेका स्पिड ब्रेकर राखेको छ । महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईको नेतृत्वमा हाल उपत्यकाका ४३० थान राखिएको छ ।


ADVERTISEMENT


अँध्यारो, तीव्र स्पीड तथा जथाभावी बाटो काट्ने पैदलयात्रीका कारण रातमा दुर्घटनाको उच्च जोखिम रहेको पाइएपछि महाशाखाले कोनसहितको ब्रेकर राखेको हो ।
दुर्घटना न्यूनिकरणका लागि विभिन्न अभियान चलाइरहेको महाशाखाले तत्काल सम्भावित दुर्घटना क्षेत्रलाई हेरेर ४३० ठाउँमा ब्रेकर राखेकोमा यसलाई आवश्यकताअनुसार बढाउँदै लैजाने तयारी गरेको महाशाखा प्रमुख भट्टराईले बताए ।


ADVERTISEMENT

# # #


उनकाअनुसार तत्काल एयरपोर्ट नयाँ गेट, कार्गो, तिलगंगा, बालकुमारी, भाटभटेनी ओरालो, बल्खु चोक, सिता पम्प, खसिबजार, सितापाईला उकालो, वाफल, सानो भर्‍याङ, वनस्थली, बबरमहल लगायतका सडक खण्डमा ट्राफिक कोनहरू राखिएको छ ।

यस अघि पनि महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी पुस दोस्रो साता बालकुमारी देखी सानेपासम्मका बिभिन्न १३ स्थानमा २०० थान सफ्ट पीभीटी ट्राफिक कोन राखेको थियो ।