काठमाडौँ – कुमारी बैंक र अश्री ज्वेलर्सबीच छुट सम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौताअनुसार अब अश्री ज्वलर्सबाट गहना किन्ने ग्राहकले कुमारील बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गरे ग्राहकले १५ प्रतिशत छुट पाउने छन् ।


ADVERTISEMENT

# # #


सम्झौतापत्रमा बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख प्रविन झा र ज्वेलर्सका निर्देशक रविकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कुमारी बैंकले देशभर १९२ वटा शाखा, १५६ वटा एटीएम, २३ शाखारहित बैंकिङ ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट सबै प्रकारका बैंकिङ सेवा प्रदान गरिरहेको बताएको छ ।