काठमाडौँ – संसद् विघटनपछि सरकारविरुद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।


ADVERTISEMENT


समूहले माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त समूहले १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली कार्यक्रम, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन जस्ता संघर्षका कार्यक्रम घोषणा गरेको हो ।