काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समूहले अर्का अध्यक्ष प्रधानमन्त्री केपी ओलीलाई पुनः कारबाही गरेको छ ।


ADVERTISEMENT


आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीलाई पार्टी साधारण सदस्यबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही अनुसार नेकपाका केही नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेर नै उत्त, स्पष्टिकरण बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा गंगालाल तुलाधर र उपसचिवमा मोहन गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।