गुल्मी – परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले वर्षौसम्म अदालत र अख्तियारमा थन्काएर राखिएका धूलो परेका फाइलहरू सरकारले निकाल्न शुरू गरेको बताएका छन् । गुल्मीमा आयोजित कार्यकर्ता भेला कार्यक्रममा बोल्दै उनले पुराना फाइलहरु निकाल्न थालेपछि पार्टीभित्र एक किसिमको तरङ्ग आएको बताए ।


ADVERTISEMENT


उनले भ्रष्टाचारीको कुनै पार्टी, जात, धर्म र रङ्ग नहुने बताउँदै उनले सरकारको यस्तो कदमबाट भ्रष्टाचारीहरु त्रसित भएको बताए । सरकार सुशासन कायम गर्न दृढ भएर लागेको बताउँदै उनले राजनैतीक दबाबका कारण बन्द भइसकेका मुद्दाहरु समेत हेर्न जानकारी दिए ।


ADVERTISEMENT

# # #


आफ्नो पक्षमा चुनावी अभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिँदै मन्त्री ज्ञवालीले तोकिएकै समयमा चुनाव हुने दावी गरे । निर्वाचन नै अबको एक मात्र विकल्प भएको बताउँदै उनले जनमतको कदर गरिने बताए । उनले भने, ‘हारेर जंगल पस्दैनौं, जनताको सेवामा अविचलित भई निरन्तर खट्छौं ।’

यस्तै उनले नेकपा अध्यक्ष पुष्प कमल दाहालले पदको दुरुपयोग गरेर गुट बनाएको आरोप लगाए । पदका लागि बार्गेनिङ गरेर अध्यक्ष प्रचण्डले पार्टी र देशलाई धोका दिएको आरोप उनको थियो ।