काठमाडौं । २ नम्बर प्रदेशको स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्न प्रयासरत राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइबार केन्द्रीय कार्यालय धुम्बाराहीमै बेग आफ्ना सहयोगी सहित एमाले प्रवेश गरेका हुन् ।


ADVERTISEMENT


हिजो मात्रै यसैगरी रामराजा प्रसाद सिंहका छोरा डा. मनोज कुमार सिंह लगायतका ब्यक्तिहरु प्रवेश गरेका थिए भने सोमबार दाङमा ओलीले गायीका कोमल ओली लगायतको समूहलाई एमालेमा प्रवेश गराउने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #