• नैनसिँह महर, अध्यक्ष, नेबिसंघ 

संबिधान निर्माण संगै कार्यान्वयनको पहिलो चरण सम्पन्न गरेका छौँं स्थानीय निर्वाचन गरेर । काँग्रेसकै नेतृत्वमा संविधान बन्यो, त्यो भन्दा पहिले काँग्रेसकै नेतृत्वमा लोकतन्त्र गणतन्त्र प्राप्तिका लागि आन्दोलन भयो राजालाई फालेर । त्यो आन्दोलनमा कबुल गरेको बिषय संघीय संविधान बनाएर निर्वाचन मार्फत देशले फड्को मार्छ भन्ने कल्पना पुरा हुने क्रममा छ ।


ADVERTISEMENT


अब प्रदेश र सँसदको चुनाब गरेर काँग्रेसकै नेतृत्वमा समृद्धिको बाटो तय गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ ।


ADVERTISEMENT

# # #


हामी दशैँको सम्मुखमा छौं, अझै तिहार, छठ तथा लोसार सम्मका चाडहरुको अघि हामी छौँं । यतिबेला हामी सहर भन्दा गाउँ छिर्ने अभ्यासमा छौं । एकातिर हामी धार्मिक साँस्कृतिक पर्बहरुलाई जगेर्ना गर्न हामी गाउँ जाँदैछौँ । यस्तै राजनीतिक सँस्कारको निर्माणका लागि समेत हामी अब गाउँ जाँदैछौँं ।

अब समृद्धिको यात्रामा जनताको अधिकार गाउ घर दैलो सम्मै पुर्याउने प्रतिबद्धता जुन हामीले गरेका थियौं, त्यसको कार्यान्वयनमा अघि बढ्नुपर्ने दायित्व छ । यही दायित्वमा देशभरका युवा, जल, जडिबुटी, जँगल, जमिन, कृषिलाई उपभोग गर्दै पर्याप्त सम्भाबनाहरुलाई परिचालन गर्दै विकासको ढोका खोल्ने र जनतालाई समृद्धि सम्मुख पुर्याउने काममा अघि बढ्ने कार्यदिशा छ ।

श्रमको मुल्य छैन, युवा जनशक्तिको उपभोग पूर्ण रुपमा हुन सकिरहेको छैन । यस्ले गर्दा बढी श्रम गर्नेहरुका लागि सम्मानको वातावरण बनाउँदै खाडीमा काम गर्नेहरुलाई स्वदेशमै आत्मनिर्भर र रोजगारमा लगाउने अवसरको सिर्जना गर्दै साँस्कृतिक र राजनीतिक संस्कारका माध्यमबाट नेपाली काँग्रेसको नेतृत्वमा समृद्धिको ढोका खोल्ने अबसर र जिम्मेवारी दिन सबै समक्ष अनुरोध गर्दछु ।

पारस्परिक रुपमा मिलेर बसेको हाम्रो समाज हिमाल पहाड तराईको भूगोल मिलेर बनेको हाम्रो समाज, जसरी अपनत्व सहित हामी बसेका छौं, हाम्रा बिशेष किसिमका सम्बन्धहरुलाई एक आपसमा आदन प्रदान गर्दै भातृत्व र प्रगाढताका साथ सबै नेपाली बसिरहेका छौं, यो युगौँ युग सम्म झाँगिरहोस्, यही शुभकामना दिन चाहन्छु ।