काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकता सम्भव नहुने बताएका छन् ।


ADVERTISEMENT


बुधवार बिहाना विभिन्न पत्रिका तथा अनलाइनका सम्पादकसँगको छलफलका क्रममा प्रचण्डले ओलीसँग एकता असम्भव भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले प्रधानमन्त्री ओली आफ्नो गल्ती स्वीकार्ने पक्षमा नरहेकाले एकताको कुनै सम्भावना नभएको बताए । राजनीतिमा जे पनि हुन सक्ने प्रसंगलाई कोट्याउँदै उनले लामो समयपछि ओलीसँग एकता भइहाले पनि तत्कालका लागि कुनै सम्भावना नभएको बताएका हुन् ।

उनले हालसम्मको परिस्थिति कसरी निर्माण भयो भन्ने विषयमा पार्टीले श्वेतपत्र जारी गर्ने बताए ।