जहाँसम्म नेपालको सवाल छ, नेपालसँग हाम्रो निकै प्रगाढ सांस्कृतिक सम्बन्ध छ ।


ADVERTISEMENT


नेपाल हाम्रो छिमेकी मुलुक मात्र नभएर भाइ पनि हो । नेपालले भारतको बारेमा जुनसुकै टिप्पणी गरेपनि हामी नेपालको बारेमा कहिल्यैपनि तल्लो स्तरको कमेन्ट गर्दैनौँ, नेपालको विपक्षमा तथा अहित हुने कमेन्ट गर्न सकिन्न । हाम्रो भाइ यदि कुनै कुरालाई लिएर हामीसँग चित्त दुखाउँछ र कुनै भ्रम सिर्जना हुन्छ भने उसँग बसेर, कुरा गरेर, सम्झाएर, मनाएर, प्रेम गरेर उक्त विषयलाई सुल्झाउन सकिन्छ ।


ADVERTISEMENT

# # #


नेपाल हाम्रो परिवार हो । कुनै एक दुई जनाले दुई देशबीचको सम्बन्ध बिग्रिदैन । नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । यो बिर्सिन हुँदैन । हामी यो रोटीबेटीको सम्बन्ध कहिल्यै टुट्न दिदैनौँ । नेपालसँग भारतको सांस्कृतिक सम्बन्ध त छ नै सामाजिक तथा अन्य विविध सम्बन्ध रहेको छ । नेपालसँग कुनै पनि प्रकारको दुश्मनीको कल्पनासम्म गर्न सकिन्न ।

जमिनको विषयमा दाजुभाइ बीच पनि भनाभन हुन्छ । दाइले जमिन मिच्यो, भाइले जमिन मिच्यो भन्ने त परिवारमै पनि सुनिन्छ । यसो भनियो भन्दैमा एक भाइले अर्को भाइलाई गोली हान्ने त ? बसेर छलफल गरेर सुल्झाउन सकिने विषय हो यो ।

( भारतीय टेलिभिजन आजतकमा  सीमा विवादपछि चिसिएको सम्बन्धका बारेमा  प्रस्तोता प्रभु चाव्लाले सोधेका प्रश्नमा जवाफ दिँदै भारतीय रक्षामन्त्री राजनाथ सिँह )