काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनमा अन्तरवार्ता दिँदै प्रचण्डले संसदीय व्यवस्था बचाउनका लागि देउवा वा देउवाले भनेको अरु कुनै व्यक्तिलाई पनि प्रधानमन्त्री बनाउन आफू तयार भएको उनले बताए ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन असंवैधानिक भएको बताएर आन्दोलनरत उनले संविधान बचाएर स्थायी सरकारद्धारा विकास निर्माणका काम अघि बढाउन देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो समर्थन रहने उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


‘देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन,’ उनले भने । शान्ति प्रक्रियाका लागि आफू र काँग्रेस सभापति देउवाले अपिल गरेर गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको संकेत गर्दै उनले संविधान, संसदीय व्यवस्था र विकासका लागि देउवासँग सम्झौता गर्न तयार हुने उनले बताए ।
अन्तरवार्ताका क्रममा उनले प्रधानमन्त्रीका लागि आफ्नो कुनै दाबी नरहेको बताए ।