काठमाडौँ – कोरोनाका कारण धरासयी अर्थतन्त्र उकास्न साढे ६ खर्ब आवश्यक देखिएको छ । राष्ट्रिय योजना आयोगको एक अध्ययनअनुसार कोरोना महामारीका कारण उद्योग, रोजगारी तथा स्वास्थ्य क्षेत्रमा परेको प्रभाव नियन्त्रणका लागि सो बराबर रकम आवश्यक देखिएको हो ।


ADVERTISEMENT


उक्त अध्ययनअनुसार कोरोना नियन्त्रणका लागि गत वर्ष चैतदेखि गरिएको लकडाउनयता झण्डै ३ खर्बको सामान उत्पादन हुन सकेन । अध्ययनले उद्योग कलकारखाना सञ्चालन, वस्तु उत्पादन देखि रोजगारीसम्म कोरोनाको असर परेको परेको देखाएको छ । उक्त असर नियन्त्रण गरी अर्थतन्त्र पुरानै लयमा चलायमान बनाउन संक्रमण नियन्त्रण तथा राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास तथा अवलम्बन र आत्मनिर्भरता अभिवृद्धिका लागि लगानी गर्नुपर्ने ठहर आयोगको छ ।


ADVERTISEMENT

# # #


गरीबि नियन्त्रण तथा आर्थिक समृद्धिका लागि ‘सुखी नेपाली समृद्ध नेपाल’ जस्तो महत्वकांक्षी योजना सरकाले तय गरेपनि कोरोनापछि देशमा ४ प्रतिशत गरीबि बढेको छ भने कयौँ रोजगारबिहीन भएका छन् । यद्यपि, अर्थतन्त्र उकास्ने गरी योजना बनाएर अघि बढ्ने हो भने आगामी ५ वर्षमा नेपाल विकसित मुलुकमा जान सक्ने निश्कर्ष आयोगको छ ।