काठमाडौँ – नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) भाइरसको नयाँ प्रजाती फेला परेको छ । नयाँ प्रजातीको कोरोनाको उद्गमस्थल बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातीको भाइरस देखा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार बेलायतबा आएका ५ नमूनाहरुको नेपालमा कोरोना परीक्षण गर्दा ‘सी–जिन टार्गेट’ नेगेटिभ आएको थियो । त्यसपश्चात उनीहरुमा नयाँ प्रजातीको कोरोना हो कि होइन भन्ने पुष्टिका लागि पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा परीक्षणका लागि हङकङ पठाइएको थियो । जसमध्ये ३ जनामा नयाँ प्रजातीको कोरोना पाइएको हो ।


ADVERTISEMENT

# # #


उनीहरु २८ वर्षीय महिला, ३२ र ६७ वर्षीय पुरुष रहेके मन्त्रालयले जनाएको छ । उक्त प्रजाती बेलायतमै देखिएको नयाँ भेरिएन्ट Lineage B.1.1.7 or 20B/501Y.V1 रहेको पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

कोरोनाको नयाँ प्रजाती देखिएका उनीहरुमध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुष पीसीआर नेगेटिभ भइसकेका छन् । ६७ वर्षीय पुरुष पोजेटिभ भए पनि उनमा कुनै किसिमको लक्षण भने नदेखिएको प्रवक्ता डा. गौतमले जनाएको छन् ।

कोरोनाको खोप नेपालमा नआएसम्म भीडभाडमा नजान र सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।