काठमाडौँ – भारतले कोरोनाविरुद्धको खोप नेपाललाई उपलब्ध गराउने भएको छ ।


ADVERTISEMENT


नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत संयुक्त आयोगको वैठकमा सहभागी हुन पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहलाई स्वीकार गर्दै भारतले आवश्यकताअनुसार कोरोना खोप उपलब्ध गराउने प्रतिवद्धता गरेको हो ।


ADVERTISEMENT

# # #


अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर कोभिडसिल्ड र भारत बायोटेकले कोभ्याक्सिन खोपको उत्पादन शुरु गरेका छन् ।

भारतमा शनिबारदेखि आफ्ना नागरिकलाई कोरोना खोप दिन सुरु गरिसकेको छ ।