काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा देशभरका ७५३ वटै स्थानीय तहहरुमा भोलि (शनिबार) विरोध प्रदर्शन गर्न अपिल गरेको छ ।


ADVERTISEMENT


शुक्रबार एक विज्ञप्ती जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहको भन्दै देशव्यापी प्रदर्शन गर्न आफ्ना नेता कार्यकर्ता तथा शुभचिन्तकलाई आह्वान गरेका हुन् ।


ADVERTISEMENT

# # #


संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं ।’ देउवाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु ।’

संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको उनले बताएका छन् ।

कांग्रेसले यसअघि पनि संसद विटनविरुद्ध पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।