काठमाडौँ – आजदेखि एक बैंकको कार्ड अर्को बैंकमो प्रयोग गर्दा सेवा शुल्क लाग्न शुरु भएको छ ।


ADVERTISEMENT


कोभिडका कारण भएको लकडाउनका कारण वित्तीय सेवामा असहजता नहोस् भनेर नेपाल राष्ट्र बैंकले गत वर्षदेखि सेवा शुल्क मिनाह गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । सोहीअनुसार गत वर्ष देखि रोकिएको सेवा शुल्क राष्ट्र बैंकले अघिल्लो साता अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेसँगै आजदेखि अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको हो।


ADVERTISEMENT

# # #


महीनामा दुईपटकसम्म भने अन्तरबैंक एटीएम प्रयोगमा सेवा शुल्क नलगाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले अन्तर बैंक एटीएम प्रयोगमा २० रुपैयाँ भन्दा बढी सेवा शुल्न लिन नपाइने व्यवस्था गरेको छ ।