काठमाडौँ – विश्वकै सर्वोच्च शिखर नेपालको सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने अभिव्यक्तिसहितको समाचार सामाग्री प्रसारण गरेको भारतीय जी न्यूज च्यानलले माफी मागेको छ ।


ADVERTISEMENT


बुधवार रातिको कार्यक्रम डीएनएमा च्यानलका प्रधान सम्पादक सुधीर चौधरीले नेपाली भावनामा सगरमाथा नेपालकै भएको र यसको लोकेशन कसैले बदल्न नसक्ने भएकाले यसलाई कसैले बदल्न नसक्ने बताए । उनले नेपालीको भावनामाथि ठेस पु¥याउने आफ्नो उद्देश्य नभएको र आफ्नो अभिव्यक्तिदृ नेपाल भारतको सम्बन्धमा असर पुग्न नहुने बताए । सरकारहरु आउने जाने भइरहने भएकाले दुई देशका नागरिकबीच भातृत्व खल्बलिन नहुने उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


‘सरकार त आउँछन् जान्छन् तर, दुई देशबीचको नागरिकको सम्बन्धमा हार्दिकता हुनुपर्छ,’ उनले भने, ‘भारत र नेपालबीच राम र लक्ष्मणको जस्तो सम्बन्ध छ र सँधै रहनेछ ।’ उनले माउन्ट एभरेष्टमा भारतको दाबी हुनुपर्छ नभनेर भारतीयले पनि नेपालको सगरमाथालाई माउन्ट सिकदर भनेर बुझ्न सक्ने बताएको स्पष्ट पारेका छन् । ‘माउन्ट एभरेस्टमा भारतको दाबी हुनुपर्छ भनेर बिल्कुलै भन्न खोजिएको होइन,’ उनले भने, ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

भारतले माउन्ट एभरेष्ट नभएर माउन्ट सिकदर नामले जान्नुपर्ने बताउँदै उनले नेपालले यो कुरालाई स्वीकार गरे यसमा नेपालको महानता झल्कने बताए ।

 

https://www.youtube.com/watch?time_continue=2&v=Fv2fnFSyUIk&feature=emb_logo