मकवानपुर – प्रहरीले ३० बिगाहा जग्गामा अवैध रुपमा लगाएको अवैध लागूऔषध गाँजा खेती नष्ट गरेको छ ।


ADVERTISEMENT


आइतबार प्रहरीले राक्सिराङ गाउँपालिका–१ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटारका जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।