काठमाडौँ – तोलामा रु दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो ।


ADVERTISEMENT


यस्तै तेजाबी सुन आजका लागि तोलामा रु ९१ हजार ७०० तोकिएको छ । आइतबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ४० ले घटेको छ । आइतबार रु एक हजार २७० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।


ADVERTISEMENT

# # #