काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस–माओवादी सतिदेवीको अगं खसेजस्तै गरी सड्दै गएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बिहिबार नवलपरासीको गैडाकोटमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सतिदेवीको अंग प्रत्यगं फतक्क–फतक्क खसेजस्तै अवस्थामा कांग्रेस–माओवादी पुगेको बताए । ‘दुवै पार्टीकोे जीवन तत्व नै छैन।’ उनले भने, ‘जीवन तत्व नभएकोले सड्छ र अंग प्रत्यंग झर्छ ।’


ADVERTISEMENT

# # #


कांग्रेसले दुई तिहाई बहुमत ल्याएको र पटक–पटक बहुमत ल्याएको प्रसंगलाई साढे र बुढो गोरुसँग तुलना गर्दै उनले भने,‘हाम्रो गाँउमा एउटा साढे थियो। बैसमा सबैलाई त्यसले जित्यो त्यसलाई बुढेसकालमा बाच्छोले पनि हेप्थ्यो । आज कांग्रेस त्यस्तै हालतमा छ । उसले फु गर्न खोज्छ बाच्छोले हान्दिन्छ।’

कांग्रेसले लोकतन्त्रको नाउँ दिएर माओवादीकी छोरी बोक्ने काम गरेको उनले बताए । ‘यही परिपाटी कांग्रेस जस्तो पार्टीलाई माओवादीले छोरी बोकाएको छ । डोको बोक्याछ नाम्लो लगाएको छ । के बोक्यो कांग्रेसले भनेको त माओवादीको छोरी रु’उनले भने,‘प्रजातन्त्र केलाई आयो भन्दा त माओवादीको छोरीलाई आयो ।’

पिपलको बोट र तिते पातीसँग तुलना गर्दै ओलीले पिपलको बिरुवाभन्दा तिते पातीको बिरुवा छिटो हुर्किने तर छिट्टै बुढो भएर ढल्ने बताए । माओवादी पनि तिने पाती जस्तै भएको उनले बताए ।

प्रधानमन्त्री बन्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीसँग जस्तो पनि सम्झौता गरेको उनले आरोप लगाए । ‘प्रधानमन्त्री चारपल्ट किन हुनुपर्‍योर ? गतिलो मान्छे चारपटक प्रधानमन्त्री हुँदैन । एकपल्टमा काम देखाउँछ’ उनले भने ।

मतपत्र च्यातेको बेठिकसम्म पनि भन्न नसकेको उनले बताए । ‘मैले देउवालाई सोधे किन मत पत्र च्यातेको थाहा पाउनुभएनर ? मैले थाहा पाएको छैन भन्नुहुन्छ । यस्तो पनि लोकतन्त्र हुन्छ ।’ उनले भने,‘अदालत समेत निरिह भएको छ ।अदालतलाई दुर्गाभवानीले रक्षा गरुन्।’

अदालत मर्यादित र निष्पक्ष हुनुपर्नै भन्दै ओलीले मतपत्र च्यातेको र प्रहरीमाथि भएको अन्याय ठिक नभन्न आग्रह गरे । अहिले अदालत उहिलेको पञ्च भलादमी जस्तो भएको उनले बताए ।