काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को खोप ल्याउन सरकारले तयारी गरिरहेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको खोप सरकारले छिटै ल्याउने बताए । नेपालमा कोरोनाको प्रभाव न्यून हुँदै गइरहेको भन्दै उनले अब यो समस्या नरहेको दाबी गरे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हामी अब भ्याक्सिन ल्याउने तयारीमा छौँ र छिटै भ्याक्सिन ल्याइसकेपछि कोभिडको ठूलो समस्या रहँदैन ।’ जनताको जीवनको सुरक्षा नै सरकारको पहिलो काम कर्तव्य रहेको बताउँदै उनले भविष्यको स्वास्थ्य सुरक्षाका लागि भन्दै एकैदिनमा ३०९ स्थानमा अस्पतालहरुको शिलान्यास गरिएको दाबी गरे ।

उनले एक वर्षमा कसैले गर्न नसक्ने काम यो सरकारले एक दिनमै गरिदिएको जिकिर गरे ।