काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले देशमा अस्थिरता निम्त्याउनका लागि निर्वाचनमार्फत आएको प्रधानमन्त्रीलाई षडयन्त्रमार्फत आफूलाई हटाउन खोजेकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको काम देखेर छट्पटी भएकाहरुले सरकारको आलोचना गर्न, उपलब्धीलाई भिजन र ओझेलमा पार्न केही मान्छेहरु लागेको बताए । पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ संकेत गर्दै उनल भने, ‘मैँले नै दिएका अवसरहरुको दुरुपयोग गरेर, सिंह बनाइदियो, सिंहले आफैलाई झम्टिने स्थिति सिर्जना गर्ने ।’


ADVERTISEMENT

# # #


वास्तविक स्थिरता र स्थायित्व भनेको पाँच वर्ष मात्रै नभई सरकार बनेन भने तत्काल नयाँ निर्वाचनमा जाने व्यवस्था संविधानको धारा ७६ को उपधारा ७ ले गरेको उनले दाबी गरे ।

उनले पार्टीको अध्यक्ष पद प्रचण्डलाई छाडेको भए समस्या समाधान हुन बताउनेहरुलाई जवाफ दिँदै पद कुनै दान नभएको बताए । ‘कसलाई छोड्ने, किन छोड्ने रु यो दान हो र कमण्डलु थाप्नेबित्तिकै लेऊ भनेर दिने ?’ उनले भने, ‘यो मोर सिक्का हो प्रधानमन्त्रीको पद ? यो जनताले सुम्पिएको अभिभारा हो । जो जुनसुकैलाई, जस्तोसुकैलाई जुनसुकै विधिबाट सुम्पिन सकिँदैन ।’