काठमाडौँ – अब सम्बन्धित बाहेक अर्को बैँकको एटीएममार्फत कारोबार गर्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैँकले बिहीबार भुक्तानी प्रणालीसम्बन्धि एकिकृत निर्देशन–२०७७ लाई परिमार्जन गर्दै माघ १ गतेदेखि लागू हुनेगरी उक्त व्यवस्था ल्याएको हो ।


ADVERTISEMENT


यद्दपी सम्बन्धित बाहेक जुनसुकै एटीएमबाट कारोबार गर्दा पनि मासिक २ वटा कारोबार भने निःशुल्क गराउन राष्ट्र बैँकले बैँक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । दुईवटा कारोबार नि:शुल्क पश्चातका प्रतिकारोबारमा बढीमा २० रुपैयाँ लिनुपर्ने राष्ट्र बैँकले तोकेको छ । यसअघि जुनसुकै एटीएमबाट कारोबार गर्दा पनि बैँक तथा वित्तीय संस्थाले कुनै पनि शुल्क लिन नपाउने व्यवस्था रहेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै बैक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ग्राहकको पूर्वअनुमति लिएर र सेवा शुल्कबारे पूर्वजानकारी गराएर मात्रै इन्टरनेट, मोबाइल बैकिङ, एसएमएस बैँकिङ जस्ता विद्युतीय सेवावापतको शुल्क लिन पाउने छन् ।

यस्तै विद्युतीय कारोबारको सुरक्षाको प्रयाप्त व्यवस्था गरेर ग्राहकलाई इन्टरनेट, मोबाइल, एसएमएस बैकिङ सेवा आफ्नो ‘युजरनेम’ र ‘पासवर्ड’ हराएमा वा बिर्सेमा आफै प्राप्त गरी सेना पुनः सुचारु गर्न सक्ने व्यवस्था गर्न समेत नेपाल राष्ट्र बैँकले बैँक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।