काठमाडौँ – राष्ट्रिसभा सांसद तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्माओलीले अन्तिम अवसर पनि गुमाएको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार राष्ट्रिसभाको विशेष समयमा बोल्दै नेता गौतमले प्रधानमन्त्री ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नु अघि नै राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘अविश्वासको प्रस्ताव आउँदै गर्दा म उहाँको ठाउँमा भएको भए प्रस्ताव दर्ता गर्नु अघि नै राजीनामा दिन्थेँ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीको कार्यशैलीले नै पार्टीमा विभिन्न विवादहरु उत्पन्न गराएको बताए । उनले कठिन परिस्थितिमा पनि प्रधानमन्त्री ओलीलाई साथ र सहयोग गरेपनि प्रतिनिधिसभा विघटन गर्दा आफूलाई एक पटक पनि नसोधेको भन्दै असन्तुष्टि जनाए । ‘उहाँले पटकपटक भन्नुहुन्थ्यो, मलाई अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्रीबाट हटाउने प्रयत्न गर्नुहुन्छ भने त्यो दुर्भाग्यपूर्ण हुनेछ ।’ उनले भने, ‘मैँले उहाँलाई सल्लाह दिएको थिए, पार्टीभित्र जब नेताहरु अल्पमतमा पर्छन्, प्रधानमन्त्री नै भए पनि राजीनामा दिनुपर्छ ।’

उनले नेकपा विभाजनको कुनै पनि औचित्य आफूले नदेखेको बताए । ८–९ महिना अघिदेखि नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आए पनि पार्टी एकता जोगाउनका लागि आफूले पटकपटक असफल गराएको वामदेवले ठोकुवा गरे । तर, पछिल्लो पटक अविश्वासको प्रस्ताव लैजाँदा नसोधिएको टिप्पणी गरे ।

उनले हाल नेकपामा दुई धार देखिए पनि आफू कुनै पनि धारमा नरहेको बताए । ‘यो तीन वर्षमै विभाजन गर्नुथियो भने पार्टी एकता किन गरेको ?’ उनले प्रश्न गरे ।