नयाँ दिल्ली – भारतमा बनेको कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिन विज्ञहरुको समूहले सिफारिस गरेको छ ।


ADVERTISEMENT


इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च र नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीले सहयोगमा भारतीय औषधि उत्पादक कम्पनी भारत बायोटेकले विकास गरेको उक्त खोप शनिवार बसेको भारतका खोप विज्ञहरुको बैठकले सीमित दायरामा रहेर आपतकालीन प्रयोगको लागि अनुमति दिन सिफरिस गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि भारतीय विज्ञहरुले अक्सफोर्ड युनिभर्सिटीको सहयोगमा एस्ट्राजेनेकाले विकास गरेको खोप प्रयोगका लागि पनि सिफारिस गरिसकेकोमा यी दुबै खोपले भारतीय नियामकको स्विकृति पाउन भने बाँकी रहेको छ ।