काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा राष्ट्रिसभाका सदस्य वामदेव गौतम पहिलो पटक राष्ट्रियसभाको बैठकमा उपस्थित भएका छन् ।


ADVERTISEMENT


शुक्रबारबाट हिउँदे अधिवेशन सुरु भएसँगै गौतम पहिलो पटक राष्ट्रिसभाको बैठकमा उपस्थित भएका हुन् ।


ADVERTISEMENT

# # #


तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।

मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोज १ गते त्यही सिटमा गौतमलाई मनोनित गरेकी थिइन् । तर, गौतम सदस्य बनेयता बैठक बस्न सकेको थिएन ।

वि.सं. २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतमले त्यसपछि पनि संसद प्रवशेका विभिन्न प्रयासहरु गर्दै आएका थिए ।