काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ तथा सांसद निरुदेवी पालले संघीयता खारेज गर्न प्रधानमन्त्री केपी शर्माओलीलाई सुझाव दिएकी छन् । बिहीबार सामाजिक सञ्जालमार्फत सांसद पालले संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएकी हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओली निकट मनिएकी साांसद पालले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १०५ बनाउन सुझाव दिएकी छन् । हाल प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद १६५ जना रहने व्यवस्था छ । यस्तै केन्द्रीय सरकारको मन्त्रीमण्डल १५ जनाको मात्रै हुनुपर्ने उनको तर्क छ ।


ADVERTISEMENT

# # #


भ्रष्टाचारीलाई जेलको कालकोठरी मा सडाउने आँट गर्न सके प्रधानमन्त्री नेपाली जनताको मनमस्तिष्कमा सँधै बसिरहने पालको जिकिर छ ।

उनले भनेकी छन्, ‘सम्माननिय प्रधानमन्त्रीज्यू आँट गर्नुस संघियता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५, केन्द्रको मन्त्रीमण्डल बढिमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरी मा सडाउने आँट गर्नुस । नेपाली जनताको मनमस्तीस्कमा सधै बस्नुहुनेछ। मेरो व्यक्तिगत विचार ।

प्रधानमन्त्री निकट मानिएकी पालको उक्त विचार पछि नेपाली राजनीतिक परिदृश्य फेरि तरंगित बनेको छ ।

सम्माननिय प्रधानमन्त्री ज्यु अाट गर्नुस संघियता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद काे सिट…

Posted by Niru Pal on Thursday, December 31, 2020