काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहलाई पार्टीमा ल्याउनु आफ्नो दायित्व रहेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार बबरमहलमा आयोजित नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेश अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भट्टले प्रतिनिधिसभा विघटनका विरुद्ध सडकमा उत्रिएको प्रचण्ड नेपाल समूहलाई पार्टीमा फर्काउनु आफ्नो दायित्व रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


“केही कम्रेडहरु ‘हामी यहाँ छौँ’ भन्दै माइतीघर मण्डलामा लडिबुडी गरिरहनु भएको छ” उनले भने, “उहाँहरु जहाँ हुनुहुन्छ, देशका कुना कन्दरामा हुनुहुन्छ भने पनि खोजेर पार्टीमा ल्याउनु हाम्रो दायित्व रहेको छ ।” नेता भट्टले प्रतिनिधिसभा विघटनको विरोधका नाममा माइतीघरमा बसेर प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री पद माग गरिरहेको आरोप लगाए ।

सडकमा गएर पार्टी एकता हुन नसक्ने उनले बताए । आफ्नै पार्टीको प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव गर्नेहरुले केपी ओलीले संघीयता, गणतन्त्र सिध्याउँछ भन्न नसुहाउने उनको जिकिर थियो ।