काठमाडौँ – भारतले प्याज निकाशीमा लगाएको प्रतिवन्ध फुकुवा गरेपछि नेपालमा भारतीय प्याज आउन थालेको छ ।


ADVERTISEMENT


भारतले गत भदौ २९ गते आफ्नै आन्तरिक बजारमाप् प्याजको अभाव भएको भन्दै मुल्यवृद्धि हुन नदिन निर्यातमा प्रतिवन्ध लगाएको थियो । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सोमवार आगामी शुक्रवारदेखि प्याजन निर्यात खुलाउने निर्णय गरेपनि त्यसअगावै नेपालमा भारतीय प्याज देखिन थालेको हो ।


ADVERTISEMENT

# # #


यो भारतमा प्याजको उत्पादन बढ्ने मौषम हो । भारतमा उत्पादन बढेसँगै निर्यात फुकुवा गरिएकोमा यसको प्रभावस्वरुप नेपालमा प्याजको मूल्य सस्तो हुने भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।

भारतले निर्यातमा प्रतिबन्ध लगाएको भोलिपल्टदेखि नै नेपाली बजारमा प्याजको मूल्य दोब्बर/तेब्बरले बढेको थियो ।