काठमाडौँ – व्यवसायीहरुले कोरोनापछि थलिएको अर्थतन्त्र उकास्नका सरकारले राहत प्याकेज नल्याएसम्मका लागि बैंक तथा वित्तीय संस्थाको किस्ता र ब्याज नतिर्ने स्वघोषणा गरेका छन् ।


ADVERTISEMENT


विभिन्न ३२ क्षेत्रका पेशा व्यवसायीहरुले वृहत् छलफल गर्दै ‘महामारी पीडित सर्वपक्षीय पेशा व्यवसायी संघर्ष समिति नेपाल’ संगठन निर्माण गरी संयुक्त रुपमा बैंक किस्ता र ब्याज नतिर्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय, राष्ट्र बैंक तथा वित्तीय संस्थामा मागपत्र पठाउँदै सरकारले यथासिघ्र राहत प्याकेज नल्याए आन्दोलनमा जाने व्यवसायीहरुले बताएका छन् ।

कोरोनाका कारण धरासयी भएको अर्थतन्त्र उकास्न सरकारले पहल नगरेको निश्कर्ष उनीहरुको छ ।

व्यवसायीहरुले तत्काल कोरोना राहत प्याकेज ल्याउनुपर्ने, कोभिडका कारण बन्द पेशा व्यवसायीलाई लगाइने कर तथा जरिवाना छूट हुनुपर्ने, अति प्रभावित क्षेत्रको बैंक ऋण, ब्याज, घर भाडा आदिको व्यवस्था राज्यले गरिदिनुपर्ने लगायतका माग सरकारसँग राखेका छन् ।
माग पूरा नभएसम्म बैंकको किस्ता, ब्याज नतिर्ने र सरकारले राहत प्याकेज नल्याए सशक्त आन्दोलन गर्ने तयारी आफूहरुले गरेको एन प्याब्सन अध्यक्ष कर्णबहादुर शाहीले बताए ।