काठमाडौँ – काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।


ADVERTISEMENT


अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले प्रतिनिधिसभा विघटन पश्चात काम चलाउन बनेको सरकारले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सोमबार रिट दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #


पुष ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रचण्ड-नेपाल समूहका असन्तुष्ट मन्त्रीहरुले राजीनामा दिएपछि सोही रिक्द पदमा प्रधानमन्त्री ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थप नियुक्त गरेका थिए।