काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिसिभा विघटनका सम्बन्धमा सर्वोच्च अदालतको निर्णय कांग्रेसले स्वीकार गर्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले संसद पुनर्स्थापनाका लागि कांग्रेसले सर्वोच्च अदालतलाई धम्क्याएर, तर्साएर यो निर्णय गर् नभन्ने बताए । उनले सर्वोच्चमा विचाराधीन मुद्दाबारे धेरै नबोले पनि प्रधानमन्त्री केपी शर्माओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा देशभर प्रदर्शन भने जारी राख्ने उनले बताए ।


ADVERTISEMENT

# # #


सभापति देउवाले भने, ‘हाम्रो पार्टी अदालतको निर्णय स्वीकार गर्ने पार्टी हो । अदालतले जे निर्णय गर्छ, त्यसलाई हामी स्वीकार गर्छौं ।’ कोरोना माहामारीका बीच पनि सडकमा आउनु पर्ने आफूहरुको कुनै चाहना नभए पनि सरकारले त्यसका लागि बाध्य पारेको उनले बताए ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद‍् विघटन गरेको विरोधमा कांग्रेसले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।