काठमाडौँ – यातायात व्यवस्था विभागले ८ महीनादेखि बन्द सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन खोल्ने भएको छ ।


ADVERTISEMENT


भोलि (मंगलवार)देखि विभागले लाइसेन्सका लागि आवेदन खुला गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


कोभिडका कारण विभागले सवारी लाइसेन्सको परीक्षा स्थगन गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको स्वास्थ्य मापदण्ड पूरा गरी पुनः लाइसेन्सको सेवा सुचारु गर्ने निर्णय गरेको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए । विभागले प्रादेशिक कार्यालयमार्फत लाइसेन्सका लागि परीक्षा लिने तयारी गरेको हो ।

सेवाग्राहीले अनलाइनमार्पmत फारम भरेर आवेदन दिन सक्नेछन् । आवेदनपछि कार्यालयले लिखित तथा ट्रायल परीक्षा लिने विभागले जनाएको छ ।