काठमाडौँ – आइतवार काठमाडौँ आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएको छ ।


ADVERTISEMENT


नेकपा उच्च स्रोतका अनुसार प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग नेपालको समसामयिक राजनीतिक विषयमा छलफल गर्ने बताएको छ ।


ADVERTISEMENT

# # #


आइतवार दिउँसो १ बजे काठमाडौँ आइपुगेको टोली सिधै नेपालका लागि चिनियाँ राजदूतावास गएको थियो । राजदूतावासमा ४ घण्टा लामो भेटपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई उक्त प्रतिनिधि टोलीले भेटेको थियो । राष्ट्रपतिसँग प्रतिनिधि मण्डलले भेट गरेपनि भेटमा के कुरा भयो भन्ने जानकारी गराइएको छैन ।

नेपाली राजनीतिमा सत्तारुढ नेकपाबीच विवाद आएपछि उक्त विवाद मिलाउन चीन सक्रिय देखिएको छ ।