काठमाडौँ – भारतीय मिशन उपाध्यक्ष नामग्या खेम्पाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङसित भेटवार्ता गरेकी छिन् ।


ADVERTISEMENT


मंगलवार खम्पा र नेम्वाङबीच भएको भेटमा भारतको सहयोगमा रेलवे र सडक क्षेत्रमा सञ्चालित परियोजनाहरुको बारेमा छलफल भएको थियो ।


ADVERTISEMENT

# # #


भारतीय सहयोगमा नेपालका रेलवे र सडक क्षेत्रमा एकीकृत जाँच चौकी, ऊर्जा, पुल, सिंचाइ, रेल, सडक, कृषि तथा भूकम्पपछिको पुनर्निर्माणलगायतका काम भइरहेका छन् । खम्पाले यातायातमन्त्री नेम्वाङबाट त्यसको प्रगतिको जानकारी लिएकी थिइन् ।