काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट (पार्टी) र प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को संयुक्त बैठकले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको तीन दलको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


संघर्षका थप कार्यक्रमबारे आ–आफ्नो पार्टीको केन्द्रीय कमिटीबाट निर्णय गर्न एकमत भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । ‘भोलि तीनै दलको केन्द्रीय कमिटी बैठक छ। त्यही बैठकमा प्रतिनिधि सभाको असंवैधानिक विघटनविरूद्ध मिलेर संघर्ष गर्ने निर्णय हुन्छ,’ श्रेष्ठले भने, ‘त्यसपछिका थप संघर्षका कार्यक्रम पनि सल्लाह गरेर सार्वजनिक गर्छौं ।’

बैठकमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु सहभागी रहेका थिए ।