काठमाडौँ – उखुको बक्यौता रकम माग गर्दै काठमाडौँमा आन्दोलनरत किसानलाई कृष्ण पोखरेलले खाना खुवाएका छन् ।


ADVERTISEMENT


शनिवार उनले किसानलाई ७० पाकेट खाना उपलब्ध गराएका थिए । कृष्णले सर्लाहीबाट निर्वाचित सांसद् हरि उप्रेतिलाई खाना हस्तान्तरण गरेका थिए ।


ADVERTISEMENT

# # #


विगत केही दिनदेखि ऋण गरेर काठमाडौँ आएका उखु किसानहरुको न खाने न बस्ने ठेगान हुँदा विभिन्न दाताहरुले खाना र लत्ताकपडा सहयोग गरिरहेका छन् । उखु किसानको आन्दोलनलाई कवि, सामाजिक अभियन्ता, विद्यार्थी संगठन आदिहरुले समर्थन गरिरहेका छन् ।
किसानलाई खाना खुवाउने कृष्ण अर्थ मन्त्रालयमा कार्यरत छन् ।