काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडको २२औँं वार्षिक साधारणसभा पुष २ गते सम्पन्न भएको छ ।


ADVERTISEMENT


उक्त साधारणसभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पुँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


ADVERTISEMENT

# # #


जसमध्ये, चुक्तापुँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, साधारणसभाबाट माछापुच्छ्रे बैंक सर्वसाधारण सेयर धनी समुहको तर्फबाट जय मुकुन्द खनाल, विश्वप्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।

साथै बैंकले आजकै मितिबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैंया ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाँ संचित छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०१ स्थानवाट ग्राहकहरुमा सम्पूर्ण बैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।