काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को क्रिकेट म्यानेजरमा विनोद कुमार दास नियुक्त भएका छन् । क्यानले नेपाली क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका दासलाई म्यानेजर बनाएको हो ।


ADVERTISEMENT


जनवरी १ देखि दासले आफ्नो कार्यकाल सम्हाल्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन् । क्यानले केही पहिले उक्त पदका लागि खुल्ला दरखास्त आह्वान गरेको थियो । त्यसमा दाससहित दर्जन व्यक्तिले आवेदन दिएका थिए ।


ADVERTISEMENT

# # #


क्यानले उनीहरुको अन्तर्वार्ता लिएका थिए । त्यसपश्चात क्यानको प्रक्रिाया पूरा गरी दास नियुक्त भएका हुन् ।

सन् २००० मा युएईविरुद्ध नेपालका लागि डेब्यू गरेका दासले क्रिकेट टिमको कप्तान समेत बनेका थिए । उनले सन् २०१५ मा सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । सन्यासपछि उनी नेपाली यू–१९ क्रिकेट टिमको मुख्य प्रशिक्षकको भूमिकामा थिए ।

दासकै प्रशिक्षणमा नेपालली युवा टोलीले यू–१९ एशियाकपमा सन् २०१७ मा भारतीय टोलीलाई इतिहासमै पहिलो पटक पराजित गरेको थियो ।