काठमाडौँ – प्रभु बैंक लिमिटेडले मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ०४ स्थित कागवेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सोमबार बैँकले आफ्ना २१२ औं शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


उक्त शाखाको कागवेनी शाखा कार्यालयको उद्घाटन वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंकको कागवेनीमा शाखा कार्यालयको समुद्घाटन गर्दै अध्यक्ष गुरुङले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई बैंकिङ्ग सेवा पुर्‍याएको भन्दै प्रशंसा गरे ।

बैंकको कागवेनी शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले त्यहाँका ग्राहक लाभान्वित हुनुने बैँकले जनाएको छ । शाखाको सञ्चालनले त्यहाँका सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कागवेनी शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैँकको विश्वास छ ।