काठमाडौं – नेपालको प्रतिष्ठित व्यवसायिक संस्था हिमालय अर्गनाइजेशन अन्तर्गतको हिमालय मोटाराड कम्पनीले विद्युतीय निमजी अटो सार्वजनिक गरेको छ। भारतमा चरचित भारतीत कम्पनी निमजीको उक्त अटो कम्पनीले आइतवार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो।


ADVERTISEMENT


नेपालमा सरकारले नै वातावरणमैत्री विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएपछि पछिल्लो समय साना तथा ठूला विद्युतीय सवारी साधन बढ्दै गएका छन् । इन्धनबाट चल्ने सवारी साधन तुलनात्मक दीर्घकालीन रुपमा खर्च सस्तो पर्ने भएकाले विद्युतीय सवारीप्रति व्यवसायीको आकर्षण बढ्दो छ। यसै क्रममा विद्युतीय सवारीप्रति सेवाग्राहीको आकर्शीत हुन थालेकाले अटो नेपालमा ल्याइएको कम्पनीका निर्देशक सौरव थापाले बताए। कम्पनीले आजैदेखि आजैदेखि विक्री शुरु पनि गरेको उनको भनाइ छ।


ADVERTISEMENT

# # #


कम्पनीकाअनुसार यो अटो एकपटकको चार्जमा १३० किमि गुड्दछ। अटो ३ घण्टा ५५ मिनेटमा पूर्ण चार्ज हुन्छ। ३० डिग्रीसम्म उकालो सजिलै चढ्न सक्ने यो सवारीको ८ वर्षको वारेन्टी कम्पनीले दिने निमजी कम्पनीका तर्फबाट प्रतिनिधि गरि नेपाल आएका फिरोज खानले बताए। उनकाअनुसार यसको लागत प्रति सय रुपैयाँमा १३३ किलोमिटरसम्म दौडिन सक्छ ।