काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। आवश्यक मर्मतसम्भारका लागि बानेश्वर सबस्टेशनबाट वितरण हुने स्थानमा बिजुली काटिन लागेको प्राधिरकणले जनाएको छ ।


ADVERTISEMENT


बानेश्वर सबस्टेसनबाट विस्तारित धोबीखोला, बागमती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका आधा दर्जन बढी स्थानमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्राधिकरणकी सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेसनको ११ केभी बसबारमा मर्मत गर्न लागिएको छ। यसैका लागि दिउँसो १२ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने जानकारी उनले दिइन् ।