मोरङ – प्रहरीले जबरजस्ती करणी घटनामा पीडितलाई पैसा दिएर घटनाको मिलापत्र गराएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


बिहीबार पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका–५ बस्ने धनेशु खवास, सुधार सिंह खवास, मागन खवास, कलकनु खवास रहेका छन् । यस्तै रंगेली नगरपालिका–१ बस्ने जगत नारायण खवास र बेलबारी नगरपालिका–८ बस्ने ५मथालु खवास पनि पक्राउ परेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार उनीहरुले २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिएर घटना मिलाएका थिए ।

गत भदौ २४ गते साँझ धनपालथान गाउँपालिका–५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका–८ बस्ने ३२ वर्षीय सुरेश कुमार खवासले ती युवतीलाई एक्लै पारी जबरजस्ती करणी गरी फरार रहेका थिए । उनलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मङ्सिर १९ गते रंगेली नगरपालिका–७ रंगेली बजारबाट पक्राउ गरेको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई उक्त नगद दिई मिलापत्र गराएको खुलेको हो । उक्त खुलासापछि प्रहरीले उनीहरुलाई मिलापत्र कागज सहित आ–आफ्नै घरबाट
पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।