काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) निको हुने दर ९४ प्रतिशत नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६४ जना कोरोना मुक्त भएसँगै कोरोना संक्रमणपछि निको हुने दर ९४.२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार हालसम्म २ लाख ३१ हजार ६ सय १ जनाले कोरोना जितेका छन् । यस्तै गत २४ घण्टामा १ हजार २ सय १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


हालसम्म १७ लाख १३ कजार २ सय ४ वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा ५ सय १५ जना रहेका छन् भने १२ हजार ३ सय ८६ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमित मध्ये १ हजार १ हजार ६ सय सय ६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितले ज्यान गुमाएका छन् ।