नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैदेशिक लगानीको आह्वान गर्दै भारतमा व्यवसायमैत्री वातावरण भएको बताएका छन् । प्रधानमन्त्री मोदीले ब्लूमबर्ग न्यू इकोनोमिक फोरमलाई सम्बोधन गर्दै भारतमा गतिशीलता र नविनताका क्षेत्रहरूमा लगानी गर्ने उत्साहपूर्ण अवसर रहेको दाबी गरेका छन् ।


ADVERTISEMENT


‘भारतमा सहरीकरणमा रोमाञ्‍चक अवसर छन् । गतिशीलतामा लगानी गर्ने हो भने उत्साहपूर्ण अवसरहरू छन् । यदि तपाईं नवीनतामा लगानी गर्न चाहानुहुन्छ भने भारतसँग तपाईंको लागि नविनतामा बृहत क्षेत्रहरु छन्,’ फोरमलाई सम्बोधन गर्दै उनले भने ।


ADVERTISEMENT

# # #


सरकारले व्यापार प्रोत्साहन गर्ने र ठूलो बजार दिन कुनै कसर बाँकी नछाड्ने बताउँदै उनले संसारका उद्योगीहरुले यो अवसर छाड्न नहुने बताए ।

दोस्रो विश्वयुद्धपछिकै कठिन समय कोभिड समय भएपनि भारतले रोगको नियन्त्रण असाधारण तरिकाले गरेको उनले बताएका थिए । कोभिडले हरेक क्षेत्रमा नयाँ प्रोटोकल विकास गर्ने अवसर पनि दिएको उनको भनाइ थियो ।