काठमाडौँ – बीमा कम्पनीहरुले नेपालमा कोरोना फैलिनुअघि नै रोगको बीमा गरेकोमा रोग देखिन थालेपछि पन्छिए । बीमा गर्ने प्रक्रिया कठिन बनाउँदै अन्ततः पछिल्लो समय बीमा गर्न बन्द त गरे नै पुरानै पोलिसी पनि कम्पनीहरुले कार्यान्वयन गर्न सकेका छैनन् ।


ADVERTISEMENT


कोरोना बीमा गरेकाहरुले बीमा दाबी गरेको महीनौसम्म पनि कम्पनीहरुले भुक्तानी गरेका छैनन् । यसको चर्को आलोचना भएपछि अर्थमन्त्री भएलगत्तै विष्णुप्रसाद पौडेलले एक साताभित्र दाबी भुक्तानी दिन निर्देशन दिए । तर कम्पनीहरुले उक्त निर्देशन कार्यान्वयन गर्न सकेनन् । जनगुनाशो बढेपछि अर्थमन्त्री पौडेलले गत मंसिर १९ मा पुनः ३ दिनभित्रै भुक्तानी दिन निर्देशन दिए । त्यो निर्देशन दिएको आज पाँचौ दिन बितिसक्दा पनि बीमा कम्पनीहरुले पुराना दाबीमध्ये ३ सयलाई मात्र भुक्तानी गर्न सके । कोरोना निको भएर दाबी गरेका हजारौँहरुले अझैँ भुक्तानी पाउन सकेका छैनन्, भने दाबीका लागि पनि बीमा कम्पनीहरुले प्रक्रिया जटिल बनाएका छन् ।


ADVERTISEMENT

# # #


बीमा समितिले भने ढिलो भएपनि दाबी भुक्तानी सबैले पाउने बताएका छन् । पहिले विविध कारणले भुक्तानी गर्न समय लागेपनि पछिःल्लो समय भुक्तानी बढेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।