काठमाडौँ – झापामा प्रतिबन्धित लागू औषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पश्विम बंगाल राज्य दार्जिलिङ पानी ट्याङ्की बस्ने गंगु सुब्बा र झापा बुद्धशान्ति गाउँपालिका वडा नं.३ बस्ने दिलिप कुमार राजवंशी रहेका छन् ।


ADVERTISEMENT


विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र सशस्त्र प्रहरी बल काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो । गंगुले १८ ग्राम ब्राउन सुगर २१ हजार भारतीय रुपैयाँमा दिलिपलाई बिक्रि गर्न लागेको अवस्थामा फेला पारेपछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनीहरुको साथबाट ब्राउनसुगर, पैसा र २ थान मोबाईल बरामद गरिएको छ । थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीको लागि उनीहरुलाई इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।