झापा – शुक्रवार बिहान ७:१५ बजेदेखि बिर्तामोड २ चैतुबारीका होम प्रसाद घिमिरेको घरबाट शुरु भएको आगोमा जलेर ३० लाख बराबरको धनमाल क्षति भएको छ ।


ADVERTISEMENT


घिमिरेको घरमा रहेको नमस्ते प्लाई फ्याक्ट्रीमा विद्युत् शर्ट भई आगलागी भएको थियो । घटनालगत्तै तत्कालै घट्नास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनी, १ नं. प्रदेश बिपद ब्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोली गई उक्त आगो दमक, भद्रपुर र बिर्तामोडको दमकल तथा सुरक्षाकर्मी र स्थानियबासीहरुको सहयोगमा निभाइएको थियो ।


ADVERTISEMENT

# # #


शुक्रवार राति १०:३५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट फन्टि फेन नामक काठको मेटरियल र सिलिङ चेम्बर काठ लगायतको मालसामानहरु जली करीब ३० लाख मूल्य बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए ।