काठमाडौँ – प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डको छालाको कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा काठमाडौँको चाबहिल बस्ने खोटाङका मनोज मगर, रवन बस्नेत र उदयपुर रौतामाईका केशर बहादुर मगर रहेका छन् । महानगरीय अपराध महाशाखा बाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई बिहीबार दिउँसो काठमाडौँको गोकर्णेश्वरस्थित ‘जुम क्याफे एन्ड ब्याङ्क्विट’बाट रेड पाण्डाको छालासहित पक्राउ परेको हो ।


ADVERTISEMENT

# # #


उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।