काठमाडौं – एनएमबी बैँक लिमिटेड सन् २०२० का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ ।


ADVERTISEMENT


बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका “दि बैंकर” ले सन् २०२० का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०२०, नेपाल’ बाट एनएमबी बैंकलाई सम्मान गरेको हो ।


ADVERTISEMENT

# # #


“दि बैंकर ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ ।

सम्मान पाएपछि एनएमबी बैँकले यस वर्षको सम्मान पहिलेको भन्दा विशेष भएको र यसले बैँकलाई थप प्रगती र उत्कृष्टतातर्फ उन्मुख गराउन सहयोग पुग्ने बैँकले विश्वास व्यक्त गरेको छ । बैँकले भनेको छ, “विगत चार वर्षमा ‘बैँक अफ दि एयर’बाट तीन पटक सम्मानित भए पनि हामीलाई यस वर्षको उपलब्धी बैँकका लागि अझ विशेष हो भन्ने लागेको छ ।”

बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न सहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालन गरि १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।