काठमाडौँ – भन्सार विभागको समन्वयमा नेपाल भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरुमा रहेका प्रभु बैँकका एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका छन् ।


ADVERTISEMENT


जसअनुसार भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीका एक्सटेन्सन काउन्टर रहेका छन् ।


ADVERTISEMENT

# # #


बुधबार भन्सार विभागका महानिर्देशक सुमन दहाल र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले ती शाखाहरुमा एक्सटेन्सन काउन्टको नविकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै राजश्व संकलनको आँकाडामा वृद्धि हुने र स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैँकको विश्वास छ ।